दफा ८४
झुठ्ठा जानकारी दिन नहुने

(१) कसैले कुनै राष्ट्रसेवकलाई निजले कानून बमोजिम गर्नु पर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्ननहुने काम गर्न लगाउने नियतले कसैलाई झुठ्ठा जानकारी दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।